रोनाल्डोको गोलमा युभेन्ट्स हारबाट जोगियो

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले युभेन्ट्स इटालियन सिरि ‘ए’ फुटबलमा हारबाट जोगिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोसँग १-१ को बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स पछि परेको थियो । खेलको १८ औं मिनेटमा टोरिनोका सासा लुकिचले गोल गर्दै टोरिनोलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० गोलले पछि परेको अवस्थानमा खेलको दोस्रो हाफमा युभेन्ट्सले बराबरी गोल गर्यो ।

युभेन्ट्सका लागि रोनाल्डोले बराबरी गोल गरेका हुन् । उनले खेलको ८४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाएका हुन् । युभेन्ट्सले यघिनै जारी सिजनको सिरि ‘ए’को उपाधि जिती सकेको छ । शीर्ष स्थानको युभेन्ट्सले ३५ खेलबाट ८९ अंक जोडेको छ । छैटौ स्थानको टोरिनोको ५७ अंक छ ।