सावित्रा र अनिताले भारतीय लिगमा गर्लान त कमाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत भारतीय फुटबल क्लब सेथुसँग औपचारिक रुपमा अनुबन्धित भएका भएका छन् । क्लबले सावित्रालाई बिहिबार अनुबन्ध गरेको थिष्यो भने अनितालाई शुक्रबार अनुबन्ध गरेको हो ।

यससँगै नेपाली खेलाडी सावित्रा र अनितले यसै साताबाट सुरु हुने ‘हिरो भारतीय महिला लिग’ खेल्ने भएका छन् । सावित्राले लिगमा ९ नम्बरको जर्सी लगाउने छीन् भने अनिताले १० नम्बरको जर्सी लगाउने छिन् ।

सावित्राले राष्ट्रिय टिम र घरेलु लिगहरुमा ९ नम्बर जर्सी लगाउँदै आएकि छिन् । यता अनिताले भने राष्ट्रिय टिम र घरेलु लिगमा ११ नम्बरको जर्सी लगाउने गरेकी थिइन् । १४ टोलीको सहभागीता रहेको प्रतियागिता मे ५ बाट २२ सम्म पन्जाबमा हुनेछ ।

समूह ‘बी’मा रहेको तमिलनाडु क्लब सेथुले आफ्नो पहिलो खेल मनिपुर पुलिस स्पोर्टस् क्लबसँग मे ६ मा खेल्नेछ । सेथुले भारतीय राष्ट्रिय टिमका चर्चित खेलाडी असलता देबी लगायत स्ट्राइकर रतन बला देबी, सन्ध्या, डाग्मी गार्सी र स्विटी देबीलाई अनुबन्ध गरेको छ ।