तडपाईमा प्रेमपीडा

काठमाडौं । ब्लोसम म्युजिक प्रालिको प्रस्तुतिमा रञ्जित खड्काको लोक लयमा आधारित मन छुने गीत तडपाईको भिडियो सार्वजनिक भएको छ । गायक रञ्जित र निराजन अधिकारीले स्वर दिएको गीत हालै बजारमा आएको हो । प्रेमिकाले मायामा घात गर्दाको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ ।

मायामा धनको पछि लाग्दाको अवस्थालाई कलात्मक रुपमा भिडियोमा चित्रण गरिएको छ । जुुनी सगैँ काटने बाचा बन्धनमा बाँधिदाको अवस्थामा पनी चोट भोग्नुपर्दाको पीडालाई भिडियोमा देखाउने प्रयास गरिएको छ ।

निराजन अधिकारीको शब्द तथा लय सिर्जना गरिएको गीतमा सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको भिडियो निर्देशन छ । तडपाईमा मनिता खुलाल र निराजन अधिकारीको लोभलाग्दो अभिनय छ ।