बार्सिलोना पराजित

एजेन्सी । ला लिगा फुटबलमा लिग च्याम्पियन बार्सिलोना पराजति भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोको घरेलु मैदानमा २-० गोल अन्तरले पराजित भएको हो ।

पाहुना टोलीलाई पराजित गर्न म्याक्सी गोमेज र इगो एस्पासले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेल्टा भिगोले दुई गोल गरेको हो ।

खेलको ६७ औं मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ८८ औं मिनेटमा इगो एस्पासले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि दुबै टोलीबाट कुनै गोाल नहुँदा खेल बार्सिलोनाले २(० ले गुमाउन पुगेको हो । उक्त खेलका लागि बार्सिलोनाले आफ्ना मुख्य खेलाडीलाई विश्राम दिएको थियो । आगामी मंगलबार लिभरपुलसँग हुने च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगका लागि बार्सिलोनाले आफ्ना मुख्य खेलाडीलाई यस खेलमा विश्राम दिएकमो थियो ।

यसअघि नै लिगको च्याम्पियन बनेको बार्सिलोनाको ३६ खेलबाट ८३ अंक छ । सेल्टा भिगो ४० अंक सहित तालिकाको १४ औं स्थानमा छ ।