वायु प्रदूषण: कसरी घटाउँछ विषाक्त वायुले तपाईँको आयु

बिबिसी । एउटा महत्त्वपूर्ण अध्ययनका अनुसार सन् २०१७ मा ४९ लाख मानिसको मृत्युमा वायु प्रदूषणको समेत भूमिका रहेको छ।

उक्त अध्ययनले दूषित हावाले औसतमा विश्वभर १ वर्ष ८ महिना औसत आयु घटाउने पत्ता लगाएको छ।

हेल्थ इफेक्टस् इन्सटिट्यूटले तयार पारेको प्रतिवेदनले भूउपग्रहबाट उपकरणहरू र करिब १० हजार वायु प्रदूषणबारे अनुगमन गरी तथ्याङ्‍क सङ्‍कलन गरेको थियो।

उनीहरूले उक्त तथ्याङ्‍कलाई वायु प्रदूषणले स्वास्थ्यलाई कति असर गर्छ र विषाक्त हावाले सन् २०१७ मा कति मानिसको ज्यान गयो भन्ने तुलना गरेका थिए।

यो अध्ययनले ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टबाट तथ्याङ्‍क निकालेको हो जसले विश्वभर नै स्वास्थ्यमा ठूला खतराहरूको क्रम सिर्जना गरेको छ।

खाना, उच्च रक्तचाप, धूमपान र रगतमा चिनीको उच्च मात्राको अवस्थापछि वायु प्रदूषण पाँचौ नम्बरमा आउँछ। उचाइको तुलनामा बढी वजन हुनु चाहिँ मृत्युको कारणको छैटौं नम्बरमा पर्छ।

स्वास्थ्यमा बढी खतरा के बाट छ भन्ने यो क्रम सयौं अध्ययनहरूमा आधारित छ जसले वायु प्रदूषणका कारण मुटु, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र रोगहरू अनि क्यान्सरको खतरा बढ्ने देखाएको छ।

दक्षिण एशियामा वायु प्रदूषण रोक्ने हो भने त्यसले मानिसहरूको औसत आयु बढाउन क्यान्सर निको पार्न सकिए जस्तै फाइदा दिनेछ।

विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घट्छ तर दक्षिण एशियामा त्यसको असर अझै भयावह छ।

नेपाल, भारत, पाकिस्तान र बांग्लादेशमा अहिले जन्मिएका बच्चाको आयु प्रदूषित हावाका कारण ३० महिनाले घट्नसक्ने ठानिएको छ।

यसलाई क्यान्सरका कारण औसत आयु घट्ने असरजस्तै मानिएको छ।

यो केवल प्रदूषण मात्रै होइन जसले औसत आयु दर घटाउँछ। तथ्य यो हो कि यी धेरै देशहरूले स्वास्थ्य प्रणालीमा पर्ने असरहरूको व्यवस्थापन नै गर्न सक्दैनन्।

रगतमा चिनीको मात्रा उच्च भएको अवस्था र मोटोपनापछि वायु प्रदूषण (खासगरी पीएम २.५) टाइप टु मधुमेह हुने तेस्रो ठूलो कारण हो।

अमेरिकामा गरिएको एउटा अध्ययनले केही त्यस्ता अवकास प्राप्त मानिसहरू भेट्यो जसलाई ८ वर्षसम्म मधुमेह थिएन र थोरै मात्रामा मात्रै वायु प्रदूषण हुँदा पनि त्यो टाइप टु मधुमेहबीच सम्बन्ध रहेको देखाएको छ।

एउटाले अर्कोलाई कसरी मद्दत गर्छ स्पष्ट छैन तर हामीलाई के थाहा छ भने वायु प्रदूषणका कारण फोक्सोमा हुने जलन पछि शरीरको रक्तसञ्चार प्रणालीमा फैलिनसक्छ।

एउटा सिद्धान्त के हो भने त्यस्तो हुँदा इन्सुलिन उत्पादन गर्ने कोषहरू जल्छन् र त्यसले रगतमा चिनीको मात्रा व्यवस्थापन गर्ने इन्सुलिनलाई असर गर्छ।

वायु प्रदूषणका कारणले सन् २०१७ मा भएका मृत्युमध्ये १६ लाख मृत्युहरू घरभित्र हुने वायु प्रदूषणका कारण भएका थिए।

खाना पकाउनका लागि दाउरा बाल्दा वायु प्रदूषण हुन्छ।

चीनमा ८६ करोड ६० लाख र भारतमा ४५ करोड २० लाख जनताहरू दाउरा बाल्छन्।

तर चीन र भारतमा दाउरा बालेर खाना पकाउने सङ्ख्यामा उल्लेख्य मात्रामा कमी आएको छ।

अफ्रिकाका धेरै देशमा ७० प्रतिशत भन्दा बढी मानिसले खाना पकाउनका लागि दाउराको प्रयोग गर्छन्।

वायु प्रदूषणको असर बालबालिकामा पर्ने गरेको समाचार सञ्चारमाध्यममा धेरै आउने गर्छ। तर ५० वर्ष उमेरमाथिका १० मध्ये ९ जना वायु प्रदूषणकै कारण ज्यान गुमाउँछन्।

यो तुलनात्मक रुपमा नयाँ परिस्थिति हो। सन् १९९० मा विषाक्त हावाको असरबाट बढी खतरामा पाँच वर्षमुनिका बालबालिका थिए।

त्यो बेलाको सबैभन्दा ठूलो समस्या घरभित्रको वायु प्रदूषण थियो। तर भारत र चीनमा दाउरा बाल्नेहरूको सङ्ख्या घटेसँगै त्यसमा परिवर्तन आएको छ।

अबको ठूलो खतरा भनेको पिएम २.५ हो र त्यसले फोक्सो, मुटुको रोग र क्यान्सर हुने सम्भावना बढ्छ। जुन बढीजसो उमेर पुगेकाहरूमा देखा पर्छ।

साथै, वैज्ञानिकहरूले त्यसको असर बढ्ने हुँदा विषाक्त हावामा जसले लामो समय सास फेर्छ उसलाई बढी असर गर्ने गरेको पाइएको बताएका छन्।

विश्वव्यापी रूपमा खतरनाक मात्रामा प्रदूषण भएको ठाउँमा बस्नेहरू सन् १९९० मा ९६ प्रतिशत थिए भने सन् २०१७ मा ९२ प्रतिशत छन्।

त्यो मध्ये सुधारका धेरै परिणाम अमेरिकामा आएका छन् जहाँ ५० प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ।

चीनले पनि गएको चार वर्षमा धेरै सुधार गरेको छ। वर्षिक औसतमा पिएम २.५ एकतिहाइले झरेको छ तर अझै प्रदूषणको मात्रा सुरक्षितभन्दा धेरै बढी छ।

अध्ययनका अनुसार सन् २०१७ मा चीनमा ८ सय ५२ हजार मृत्यु वायु प्रदूषणका कारण भएका थिए।