लिभरपुलको अविश्वसनिय पुनरागमन, बार्सिलोना पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस ला लिगा च्यामिपयन क्लब कार्सिलोनमाथी अविस्वासनिय पुनरागमन जित निकालेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा ३-० गोल अन्तरले पछि परेको लिभरपुलले आफ्नो घरेलु मैदानमा ४-० गोल अन्तरको अविश्वसनिय पुनरागमन गर्दै च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो ।

मंगलबार राति एनफिल्डमा भएको सेमिफाईनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४-३ को नतिजा सहित फाईनल प्रवेश गरेको हो । आफ्ना मुख्य दुई फरवार्ड रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिना मैदान उत्रिएको लिभरपुलले उत्कृष्ट पुनरागमन गरेको हो । लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २-२ गोल गरे ।

खेलको ७ औं मिनेटमा ओरिगीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको खेलको दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्यो । खेलको ५४ औं मिनेटमा वाइनाल्डमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

त्यस्को दुई मिनेट नबित्दै बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका वाइनाल्डमले व्यक्तीगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-० को अग्रता दिलाए । ७९ औं मिनेटमा ओरिगीले व्यक्तीगत दोस्रो गोल गर्दै उत्कृष्ट पुनरागनम सहित बार्सिलोनालाई घरेलु मैदानमा नमिठो हार चखाए । लिभरपुलले उपाधिका लागि जुन १ मा टोटेनहम र अजाक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।