दिल्लीको जित, हैदराबाद बाहिरियो

 

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स क्वालिफायरमा छनोट भएको छ । बुधबार राती भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरलाई २ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा छनोट भएको हो ।

अब फाइनल प्रवेशका लागि दिल्लीले चेन्नेई सुपर किंग्ससँग खेल्ने छ । हेदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दिल्लीको जितका लागि पृथ्वी शाले ५६ रनको अर्धशतकिय पारी खेले ।

उनले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रनको अर्धसतकीय पारी खेलेका हुन् । आक्रमक ब्याटिङ प्रस्तुत गरेका ऋषभ पन्त अर्धशतक बनाउनबाट १ रनले चुके । उनले २१ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन जोडेका थिए । त्यस्तै शिखर धवनले १७ तथा कालिन मुन्रोले १४ रन जोडे ।

हैदराबादका लागि खलील अहेमद, रसिद खान, मोहमद नाभी र भुवनेश्वर पुमारले समान २-२ विकेट लिँदा दिपक होड्डाले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङ थालेकोे हैदराबादले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका मार्टिन गुप्टिलले सर्वाधिक ३६ रन जोडेका थिए । उनले १९ बलमा १ चौका र ४ छक्का प्रहर गर्दै ३६ रन जोडेका थिए । ३६ बलमा तीन चौका सहित मनिष पाण्डेले ३०, कप्तान केन विलियम्सले २८ रन बनाए, विजय शंकरले २५ र मोहमद नाभीले २० रन जोडे ।

दिल्लीका किमो पउलले तीन तथा इशान्त शर्माले २ विकेट लिए । त्यस्तै अमित मिश्रा र ट्रेन्ट बोल्टले एक एक विकेट लिए । यस हारसँगै हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायर खेलमा जित निकाल्दै मुम्बई ईन्डियन्स प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।