बार्सिलोनाले तोक्यो काउटिन्होको मूल्य

एजेन्सी । ब्राजिलका तथा बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्होका लागि बार्सिलोनाले मुल्ये तोकेको छ । यसअघि बार्सिलोनाका लागि मुख्य खेलाडीका रुपमा रहेका उनलाई यस सिजनको अन्त्यमा बेच्नलाई लागी मुल्य तोकेको छ ।

गत सिजन मात्र लिभरपुलबाट कीर्तिमानी मूल्य १ सय ६० मिलियन युरोमा बार्सिलोना भित्रिएका उनी पछिल्लो समय बार्सिलोनामा उत्कृष्ट हुन सकेका छैनन् । उनको प्रदर्शनबाट निरास बनेको बनेको बार्सिलोनाले अनन्तत उनलाई बेच्न पूर्ण रुपमा तयार देखीएको छ ।

उनका लागि बार्सिलोनाले १०० मिलिनय पाउण्डको मुल्य तोकेको छ । हुनत त काउटिन्होले यस सिजन क्लबका धेरै खेलहरुमा उचित स्थान पाएका थिएनन् । केही समय उनी चोटका कारण मैदान बाहिर रहे भने केही खेल्ने मौका पाउँदा समेत राम्रो प्रदर्शन गर्न सकेनन् ।

खराब प्रदर्शनकै कारण उनले यस सिजन थोरै मात्र खेलमा पुरै समय बिताउन पाए । काउटिन्होले बार्सिलोनामा हाल सम्म ५२ खेल खेल्दै ११ गोल गर्न सफल भएका छन् । काउटिन्होको पूरा पास ८८ प्रतिशत छ भने हरेक खेलमा सट २ दशमलव ५२ रहेको छ ।

बार्सिलोनामा उनले हाल सम्म तीन गोलका लागि पास उपलब्ध गराएका छन् । उनले हाल सम्म बार्सिलोनाका लागि ३ हजार १ सय ५० मिनेट मैदानमा बिताएका छन् । यसरी हेर्दा बार्सिलोनाका लागि उल्लेख्य योगदान नदिएका काउटिन्हो हाल क्लब छोड्ने कुरा अन्तराष्ट्रिय मिडिमाहरुमा चर्चा चल्न थालेको छ ।