घटस्थापनामा ‘डियर जिन्दगी’

काठमाडौं । मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर तथा गीत सार्बजनिक गरिएको हो । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा, पुस्कर जंग थापा, श्रेया कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्लेलगाएत कलाकारको अभिनय छ।

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको सिरियल ‘डियर जिन्दगी’का कलाकार निर्माण टिमको उपस्थितिमा गीत र ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्माता तथा निर्देशकलार्इ रुद्राक्षको बिरुवा प्रदान गर्दै त्यसलाई स्याहार गरेर हुर्काउन र ‘डियर जिन्दगी’ को रुपमा ठुलो बनाउन र हरियाली कायम गर्न मद्दत पुर्याउन समेत अनुरोध गरिएको थियो। ‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत, जुनु गौतम र विल्सन श्रेष्ठको गायन तथा डिजे एलेक्सको संगीत रहेको छ ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् । सिरियल घटस्थापनाको दिनदेखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।