बार्साले सामुएलको स्थानमा आयाक्स कप्तान म्याथिज भित्र्याउने

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले यतीबेला डच क्लब आयाक्सका कप्तान म्याथिज डि लिटलाई अनुबन्ध गर्न तयार रहेको बाइएको छ । पछिल्लो समय उच्च लयमा देखिएका १९ वर्षीय आजाक्सका युवा कप्तान म्याथिजलाई अनुबन्ध गर्न बार्सिलोना आतुर रहेको बताइएको हो ।

बर्सिलोनाले म्याथिजलाई आफ्ना फ्रन्सेली सेन्टर–ब्याक सामुएल उमटिटीबो स्थानमा भित्र्याउन लागेको खुलासा भएको छ । यतिबेला म्याथिजलाई अनुबन्ध गर्न बार्सिलोना मात्र नभई अन्य इङ्लिस क्लबले पनि चासो देखाएको छ । तर, म्याथिजले क्लब छोड्नेबारे निर्णय लिन कठिन भएको बताएका छन् । उनले जारी सिजनका मात्र आयाक्सका लागि सबै खाले ५५ खेल खेले । उनको कप्तानीमा आयाक्सले यो सिजनमा दुई वटा घरेलु लिगको उपाधि र च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

यता बार्सिलोनाका सामुएलले जारी सिजनको ला लिगामा मात्र १३ खेल खेलेका छन् । उनले जारी सिजनमा बार्साका लागि सबै खाले १४ खेल खेलका छन् । त्यस्तैले पनि यस सिजनको अन्त्यमा बार्सिलोना सामुएललाई बेच्दै उनको स्थानमा आयाक्सका युवा कप्तान म्याथिजलाई अनुबन्ध गर्न इच्छा देखाएको जनाएको छ । बार्सिलोनाले आयाक्सका फ्रेन्किई डे जोङलदाई भने यसअघि नै ७५ मिलियन युरोपमा अनुबन्धित गरिसकेको छ ।