विमानस्थल मर्मत समयमै सक्न धनगढी नगर प्रमुखको निर्देशन

धनगढी । एक महिना सेवा अवरुद्ध पारेर मर्मत कार्य भैइरहेको धनगढी विमानस्थलको धनगढी उप–महानगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग बाणिज्य संघका प्रतिनिधीले अनुगमन गरेका छन् ।

निर्धारित समयमै काम सक्न अनुगमन टोलीले निर्देशन दिएको छ । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले निर्धारित समय भित्र काम सम्पन्न गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने बताए ।

उनले भने, ुहाम्रो तहबाट गर्नुपर्ने सहयोग छ भने निर्माण कम्पनीले भन्नुपर्यो, हामी तयार छौँ, तर निर्धारीत समय भित्र गुणस्तरको काम भएको हुनुपर्छ ।ु उनले निर्माण कम्पनी निर्धारीत समयमा नै काम गर्ने प्रतिवद्धता जनाएको बताए ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्नका लागि अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, ुनिर्माण कम्पनीले समयमै काम पुरा गर्नुपर्छ । कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले हवाईसेवा रोकिदा यस क्षेत्रको ब्यापारमा घाटा भएको बताए ।

वैशाख २२ बाट मर्मत सुरु भएको यसको अवधी जेठ २१ गतेसम्म छ । धनगढी त्रिभुवन विमानस्थल पछिको ठुलो धावनमार्ग हो । अहिले धावन मार्ग मर्मत र पाकिङ्ग क्षेत्र विस्तार गरिने काम भैरहेको छ । ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा स्तरबृद्धिसंगै दुवैतर्फ २ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ । अहिले २ वटा जहाज पाकिङ्ग व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तारको योजना छ । हाल धनगढी विमानस्थलमा मर्मतको कामले सेवा ठप्प भएपछि यस क्षेत्रका हवाइ यात्रु नेपालगञ्ज भएर आउजाउ गर्न बाध्य भएका छन् ।