सत्तापक्ष नै असन्तुष्ट: कोही भन्छन् देश डुब्न लाग्यो, कोही भन्छन् अमुर्त नाराले हुँदैन

काठमाडौं । यतिबेला सत्तारुढ दलकै नेताहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउने क्रम बढेको छ । केही दिनअघि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसद्मै ‘देश डुब्नै लाग्यो बचाइदेउन कोही’ भन्दै सरकारको उपहास गरेका थिए ।

यस्तै आज सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार काममा भन्दा अमुर्त नारामा सिमिति भएको टिप्पणी गरेका हुन् । सोमबार राजधानी आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले कुरा मात्र नभई अब काम गरेर देखाउनु पर्ने बताए । उनले मिठा कुरा भन्दा जनपक्षीय काम गरेर अघि बढे मात्रै सरकार बलियो हुने विचार व्यक्त गरेका थिए ।