युरोकप खेल्ने स्पेनिस टोलीको घोषणा

एजेन्सी । स्पेनले सन् २०२० को युरोकप फुटबलको छनोट खेल्ने २३ सदस्यिय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । स्पेनले शुक्रबार युरोकप छनोट खेल्ने २३ सदस्सीय स्पेनिस टोलीको घोषणा गरेसँगै मिडफिल्डर सान्टी काजोर्लाले चार वर्षपछि स्थान बनाएका छन् ।

आर्सनलका पुर्व मिडफिल्डर समेत रहेका काजोर्लाले पछिल्लो समय स्पेनबाट सन् २०१५ मा खेलेका थिए । एङ्कलको चोटका कारण मैदानमा ३४ वर्षीय काजोर्लाले टिममा स्थान बनाउन सकेका थिएनन् । उनले स्पेनबाट ७७ खेलमा १४ गोल गरिसकेका छन् ।

स्पेनमा युरोकप छनोटको पहिलो खेलमा फारोए आइसल्याण्डसंग जुन ७ मा खेल्दैछ । यस्तै जुन १० मा स्विडेनसँग खेल्नेछ ।

स्पेनिस टिम

गोलकिपर : डेभिड डी गिया, केपा अरीजाबलगा, पाउ लोपेज

डिफेन्डर :डानी कार्भाजल, सर्जियो रामोस,मारियो हेर्मोसो,डिएगो लोरेन्टो,मार्टिनेज, जोर्डी अल्बा,सेर्गी रोबर्टो,जोसे गया, जेसस नाभास

मिडफिल्डर : सेर्जियो बुस्केट, रोड्रिगो हर्नान्डेज, डानी परेजो,इस्को,फाबियन रुइज,सान्टी काजोर्ला

फरवार्ड स्मिकल ओयार्जबल, रोड्रिगो मोरेनो, मार्को एसेन्सियो, इआगो आसपस,अल्भारो मोरटा