एफए कप जितेसँगै सिटीको कीर्तिमान

एजेन्सी । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले वाट्फोर्डलाई पराजित गर्दै एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा वाट्फोर्डलाई ६-० गोलको फराकीलो अन्तरले पराजित गर्दै सिटीले एफए कपको उपाधि जितेको हो ।

सिटीको जितका लागि ग्राबियल जिसस र रहिम स्ट्रर्लिङले समान दुई दुई गोल गर्दा डेभिड सिल्भा र केभिन डी ब्रुएनले समान एक एक गोल गरे । खेलको २६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप चार गोल गर्यो ।

खेलको ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा सिटी ३-० ले अगाडी बढ्यो । त्यसको सात मिनेट नबित्दै जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० कव अग्रता दिलाए । त्यसपिछ खेलको ८१ र ८७ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दुई गोल गर्दै सिटीलाई आधा दर्जन गोलको फराकिलो अन्तरले जित दिलाए ।

योस जितसँगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ । यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ ।