भेनेजुयलामा २० लाख नागरिकले देश छाडे

भेनेजुयला । भेनेजुयलामा आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी अनुसार हरेक दिन पाँच हजार जनाले भेनेजुयला छाड्ने गरेका छन् ।

मुलुक छाड्नेमध्ये सवैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ, राष्ट्रसंघीय शरणार्थी नियोग ९युएनएचसिआर०का प्रमुख फिलिप्पो ग्रान्टीले बताएका छन् ।

विस्थापित हुनेहरु बढ्दै गइरहेकाले उनीहरुलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै मात्रै सुरु भएको छ, उनले थपे ।

मुलुक छाडेका २६ लाख जनता अहिले विभिन्न देशमा रहेको सरकारी श्रोतहरूलाई उद्धृत गर्दै शरणार्थी नियोगले जनाएको छ । तेल निर्यातमा आश्रित भेनेजुयलामा सन् २०१४ देखि नै असर पर्न थालेको हो ।

राष्ट्रपति निकोलस मडुरोको सरकारका विरुद्धमा विपक्षीहरू र नागरिक समाजले आन्दोलन गर्न थालेपछि भेनेजुयलामा आर्थिक तथा राजनीतिक संकट बढ्दै गएको हो ।