युवा स्टार एमबाप्पेलाई दुई अवार्ड

एजेन्सी ।  लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले सिजनको दुई अवार्ड जितेका छन् । उनले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने दुई अवार्ड जितका हुन् ।

युएनएफपीले प्रदान गरेको प्लेयर अफ दि इयर अवार्ड जितेका एमबाप्पेले वर्ष युवा खेलाडीको अवार्ड समेत जितेका हुन् । आफ्नो क्लब पिएसजीलाई फ्रेन्च लिग वानमा यस सिजन च्याम्पियन बनाउन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरे थिए ।

पिएसजीलाई लिग वानको उपाधि दिलाउन मुख्य भूमिका खेलेका एम्बाप्पेले लगातार तेस्रो सिजन बर्ष युवा खेलाडीको अवार्ड जितेका हुन् । फ्रेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले यस सिजनका २८ खेलमा ३२ गोल गरेका छन् ।

उनले सबैखाले ४२ खेलमा ३८ गोल गरेका छन् । गत सिजन उनले लिग वानका २७ खेलमा मात्र १३ गोल गरेका थिए भने सबै खाले ४४ खेलमा २१ गोल गरेका थिए ।