कतार विश्वकपमा ३२ राष्ट्रनै रहने

एजेन्सी- सन् २०२२ मा कतारमा आयोजना हुने २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि २०२२ को विश्वकपबाट ४८ राष्ट्रको सहभागिता हुनु पर्ने मागलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने जनाएको हो ।

गत चैतमा अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने र कतारसँगै एक सह-आयोजक राष्ट्र थप्ने निर्णय गरेको थियो । तर, सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ ।

कतार विश्वकप फिफाले नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ । यसअघिका सबै विश्वकप गर्मी मौषममा जुन र जुलाई महिनामा हुँदै आएका थिए । तर, फिफाले कतार विश्वकप जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण जाडो मौषम गर्ने निर्णय गरेको हो ।