भारत र इंग्ल्यान्ड विश्वकपका मुख्य दाबेदार

एजेन्सी- चार वर्षको अन्तरालमा आयोजना हुने आइसिसी विश्वकप क्रिकेटमा सहभागी सबै टोली आफुलाई उत्कृष्ट सावित गर्न तमतयार देखीएका छन् । आफुुलाई उत्कृष्ट सावित गर्न सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । तर, यस वर्ष भारत र इंग्ल्यान्डलाई विश्वकपको प्रमुख दाबेदारको रुपमा हेरीएको छ ।

यसको मुख्य कारण हो पछिल्लो केही वर्ष यता दुबै टोलीले गरेको उत्कृष्ट प्रदर्शन हो । यदि तथ्याङ्क हेर्ने हो भने पनि भारत र इंग्ल्यान्ड अन्य सहभागी टोली भन्दा बलिया देखीएका छन् । हेरौ पछिल्ला केही वर्ष यता कुन टोलीको प्रदर्शन कस्तो?

इंग्ल्यान्ड

यतिबेला इंग्ल्यान्ड आइसिसीको एकदिवसीय वरियताको शीर्ष स्थानमा छ । इंग्ल्यान्डले पछिल्ला १० एकदिवसीय सिरिजमा धमाकेदार प्रदर्शन गरेको छ । इंग्ल्यान्डले खेलेका १० सिरिजमा ९ सिरिज जितेको छ । दक्षिण अफ्रीकासँगको एकदिवसीय सिरिज २-१ ले विजयी हुँदा वेस्टइन्डिजलाई ४-० ले क्लिनस्वीप गरेको थियो ।

त्यस्तै अष्ट्रेलियासँगको ५ एकदिवसीय सिरिजमा ४-१ ले विजयी हुँदा न्युजल्यान्डसँग ३-२ तथा भारतसँग २-१ ले विजयी हुँदै उत्कृष्ट प्रदर्शन गरेका थियो । पाकिस्तानसँगको ५ एकदिवसीय सिरिज पनि इंग्ल्यान्डले ४-० ले जितेको थियो । तर, एक खेल बर्षाका कारण स्थगित भएको थियो ।

भारत

विराट कोहलीको कप्तानीमा रहेको भारतीय क्रिकेट टोली तेस्रो पटक एकदिवसीय विश्वकपको उपाधि जित्ने दाँउमा रहेको छ । भारत यतिबेला आइसिसी वरियताको दोस्रो स्थानमा छ । भारतका पछिल्ला १० एकदिवसीय सिरिज हेर्ने हो भने इंग्ल्यान्ड पछि सर्वाधिक सिरिज जित्ने भारत दोस्रो टोली हो । भारतले खेलेका पछिल्ला १० सरिजमा ८ सिरिज जितेको छ ।

श्रीलंकासँग ५ एकदिवसीय सिरिज क्लिनस्वीप गरेको भारतले अस्ट्रेलियालाई ४-१ ले पराजित गरेको थियो । त्यस्तै न्युजल्यान्डसँग २-१ ले विजयी हुँदा दक्षिण अफ्रीकालाई ५-१ ले पराजति गरेको थियो । इंग्ल्यान्डसँगको सिरिज गुमाएको भारत अष्ट्रेलियासँगको पछिल्लो अर्को सिरिजमा पराजित भएको थियो । तर, दुई सिरिज गुमाए पनि भारतले जुन प्रदर्शन गरेका छ, त्यसले यस विश्वकपको बलियो दाबेदारको रुपामा उभ्याएको छ ।

दक्षिण अफ्रीका

दक्षिण अफ्रीकाले पनि पछिल्ला ५ सिरिजमा लगातार जित हात पारेको छ । तर दक्षिण अफ्रीकाले श्रीलंका, पाकिस्तान र जिम्बनब्बेसँग प्रतिस्पर्धा गरेको थियो । भारत र इंग्ल्यान्डसँग भएको सिरिजमा भने दक्षिण अफ्रीका पराजित भएको थियो ।

न्युजल्यान्ड

न्युजल्यान्ड पछिल्लो १० एकदिवसीय सिरिज मध्यमा ५ सिरिजमा विजयी भएको छ । भारत र इंग्ल्यान्ड न्युजल्यान्डसँगको प्रतिस्पर्धामा पनि उत्कृष्ट सावित भएका छन् । तर, श्रीलंका, पाकिस्तान, वेस्टइन्डिज र बंगलादेशसँगको सिरिजमा भने न्युजल्यान्डले बाजी मारेको थियो ।

अष्ट्रेलिया

अष्ट्रेलियाली क्रिकेट टोलीले पछिल्ला १० एकदिवसीय सिरिजमा मात्र चार सिरिज जितेको छ । यस दौरान अष्ट्रेलिया भारत, इंग्ल्यान्ड, न्युजल्यान्ड र दक्षिण अफ्रीकासँग पराजसति भएको थियो ।