मेगाका ग्राहकलाई कतार एयरको छुट

काठमाडौं । कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच मेगा बैंकका ग्राहकलाई हवाई सेवामा छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।

कतार एयरवेजको काठमाडौँको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन् । मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि टिकट लिन सक्ने जनाइएको छ । मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्तालाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताबाट मेगा बैंकका ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको दावी छ । नवीनतम बैंकिङ सुविधाका साथसाथै मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मललगायतका दर्जनौँ सेवामुलक क्षेत्रसँग सम्झौता गरी ग्राहकलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको बैंकले जनाएको छ ।