कप्सको पोष्टर रिलिज

काठमाडौं । १७ जेठबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’को अफिसियल पोष्टर बिहिबार सार्वजनिक गरिएको छ ।

फिल्मको दुईवटा पोष्टर सार्वजनिक गरिएका हुन् । पहिलो पोष्टरमा फिल्मका चार मुख्य कलाकार अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् ।

अर्को पोष्टरमा अनुप, सन्दिपा, अमित, रामराज क्षत्री र सम्राट शाक्य छन् । चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

एक्शन तथा लभस्टोरी कथा भएको चलचित्र कप्समा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । निर्देशनसँगै लेखन गरेका सापकोटाको यो डेब्यु निर्देशन फिल्म हो ।

फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । चलचित्र राम शाक्यले निर्माण गरेका हुन् ।