सरकारको लाचारी–महिलाको खबरदारी, दाङमा आन्दोलन

दाङ । बलात्कार र हत्याका घटनामा न्याय माग्दै मंगलबार घोराहीमा प्रदर्शन गरिएको छ ।

सरकारले देखायो लाचारी–त्यसैले हाम्रो खबरदारी भन्दै महिलाहरुले दाङमा प्रदर्शन गरेका हुन् । पछिल्लो समय देशमा बलात्कार लगायतका अपराधका घटना बढेको र सरकार अपराधिलाई कारवाहिको दायरामा ल्याउन चुकिरहेको बताउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कञ्चनपुरकी निर्मला पन्तलगायत सबै बलात्कारका पीडितलाई न्याय दिन माग गर्दै प्रदर्शन गरिएको बताइएको छ । दोषीलाई कारवाही गर, न्याय मर्न नदिऔं, बलात्कारी खुलेआम सवार–सरकार मुख्य जिम्मेवार, दण्डहीनताको अन्त्य गर लगायतका प्लेकार्ड बोकेका महिलाहरुले बजार परिक्रमा गरेका थिए ।