प्रधानमन्त्री ओली आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन भारत जाँदैछन्। भारतमा हालै सम्पन्न निर्वाचनबाट मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा बोलाएका छन्। मोदी पहिलोपटक भारतको प्रधानमन्त्री हुँदा भने सार्क सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा निमन्त्रणा गरेका थिए।

प्रधानमन्त्री ओली नेतृत्वको १० सदस्यीय नेपाली टोली दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने छ। उनी मोदीको सपथ कार्यक्रम आज साँझ सात बजे सरिक हुनेछन् ।

शुक्रबार नै प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुने बताइएको छ। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने छन् ।