चैतन्यको ‘लोकतन्त्र र आजको माक्र्सवाद’ आउँदै

काठमाडौं । समाजशास्त्री प्रा. डा. चैतन्य मिश्रको गैर–आख्यान पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक बजारमा आउने भएको छ ।

गणतन्त्र दिवसको अवसरमा बुक–हिलले पुस्तकको आवरण सार्वजनिक गरेको छ । प्रकाशक संस्थाले ‘नेपालको राजनीतिक उतार–चढावलाई समाजशास्त्रीय दृष्टिबाट हेर्दा देखिएका विषय पुस्तकमा समावेश छन्’ भनेको छ ।

पुस्तकबारे लेखक मिश्र भन्छन्, ‘२०–२५ वर्षभित्र नेपाल जुन राजनीतिक उथलपुथलबाट गुज्रियो, त्यसैको परिणति हो यो पुस्तक । पुस्तकमा मैले लोकतन्त्रको जरोको रेखाङ्कन, माओवादी राजनीति र ‘जनयुद्ध’, दलतन्त्र, सामाजिक लोकतन्त्र र सामाजिक लोकतन्त्रकै पक्षपोषण गर्ने व्रmममा समेत माक्र्सवादी, सोभियत, चिनियाँलगायत अन्य केही खाले ‘समाजवाद’ र साम्यवादको खण्डन गर्ने प्रयास गरेको छु ।’

पुस्तकका सम्पादक राजेन्द्र महर्जनले गरेका हुन् ।