निरन्तर शनिबारमा दुई कवि

काठमाडौं । निरन्तर शनिबारको आजको शृङ्खलामा अतिथिका रूपमा कवि प्रोल्लास सिन्धुलीय र गजलकार रूपक अलङ्कार प्रस्तुत भएका छन् ।

कार्यक्रममा कवि सिन्धुलीयले कविता कहिल्यै पुरानो नहुने र राम्रो कविता कालजयी हुने बताए । उनले कहिलेकाहीँ आफूले राम्रो लेखेँ भनेको कविता अरुले वास्ता नगरेको र मध्यम स्तरको ठानेको कविताले खुब ताली पाउने गरेको अनुभव उनले सुनाए । कार्यक्रममा उनले अर्जीपत्र, सहरको वृद्धालय, म मर्न यहाँ आएको होइन, श्रीमतीको ड्राइभिङ लाइसेन्स र फाल्गुणी गुरुको फेसबुक एकाउन्ट गरी पाँचवटा कविता सुनाए ।

त्यसैगरि यस पटकको शृङ्खलामा अतिथि गजलकारका रूपमा रूपक अलङ्कारलाई निम्त्याइएको थियो । गजलकार अलङ्कारले वाल्मीकि विद्यापीठमै आफूले पढेको, सिकेको, लेखनतिर अग्रसर भएको र अहिले यसमै कार्यरत रहेको जानकारी गराए । कार्यक्रममा उनले नदी थियो आज कुलो हुँदैछ, पातभन्दा पनि मान्छे हलुङ्गो किन, म आज काग भइसकेँ नगर बेलका कुरा, स्वभाव अअफ्नै विचार आफ्नै र झोलमा कठै जात फाल्नु भयो गरी पाँचवटा व्यङ्ग्य मिश्रित गजल सुनाए ।
कार्यक्रममा इन्द्र लम्साल, पूर्णिमा प्रतिविम्ब, केवल कार्की, सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, पदम दाहाल, राजबाबु श्रेष्ठ ुसागरु, विमला अधिकारी, प्रकाश बस्नेत गफाडी, प्रकाश पुडासैनी, गोविन्द गजुरेल, शैलेन्द्र अधिकारी, सोझो गाउँले लगायतले रचना सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो ।