सरकार कम्युनिष्टकोः चरित्र साहु महाजनको

काठमाडौं । कम्युनिष्टका वरिष्ठ नेता स्वनाम साथीले वर्तमान दुईतिहाइको कम्युनिष्ट सरकारको चरित्र साहु महाजनको जस्तो भएको बताएका छन् । यस्तो चरित्रले जनताको हित नगर्ने उनले बताए ।

आइतबार काठमाडौंको संवाद डबलीमा रुपलाल विश्वकर्माको स्मृतिसभा तथा पुस्तका विचोन कार्यक्रममा बोल्दै उनले भने, ‘गैर कम्युनिष्ट तरिकाले सरकार अगाडि बढ्दै गयो भने छिटै जनता आन्दोलित हुने छन् ।’

उनले वर्तमान सरकार कम्युनिष्टको भएकोले स्वभावैले जनाताका बढी अपेक्षा भए पनि यो सरकारले केहि गर्न नसकेको उनले बताए । ‘प्रचण्ड–ओलीजी तपाईहरु कम्युनिष्टका नाममा जे गर्नुस तर जनतालाई कम्तिमा भोकभोकै मर्नुपर्ने अबस्थाबाट माथि उठाउनुस्’, उनले आग्रह गरे ।

विश्व अर्थतन्त्रको ५० प्रतिशत ठूला साहु, २५ प्रतिशत साना साहू र बाँकी २५ प्रतिशत आम मानिसको हातमा रहेको बताउँदै उनले भने, ‘यस्तो दर्दनाक अवस्था छ, नेपालमा पनि ठिक त्यही देखियो ।’

रुपलाल विश्वकर्माका सहकर्मी रहेका स्वनामले आदिवासी जनजातिका नाममा आन्दोलन गर्ने, उनीहरुलाई नै भर्याङ बनाएर सत्तामा पुगेर जनविरोधी बन्ने नेपाली कम्युनिष्ट चरित्रप्रति आक्रोस व्यक्त गरे ।

दलितहरुको नाममा हुने आन्दोलनमा धेरै बलिदानी हुने तर उपलब्धि भने सून्य भइदिनाले आफुलाई दलित नभन्न पनि उनले आग्रह गरे ।

‘आजको समयदेखि दलित हो नभन्नु होला, यो ब्यवस्थालाई दुतकारेर लड्न जाने फेरि यो या त्यो बाहानामा यहि ब्यवस्थाको आशा गर्नु गलत हुन्छ’, उनले भने ।

स्वनामले कम्युनिष्ट र कम्युनिष्ट हुनुमा धेरै फरक विषय भएको बताउँदै, नेपालमा विभिन्न किसिमका कम्युनिष्ट हिन्दु, क्रिश्चियन, क्रान्तिकारी, भ्रान्तिकारी लगायतका कम्युनिष्ट हुनु नेपालको लागि दुर्भाग्य भएको उनको भनाई छ । उनका अनुसार नेपाली कम्युनिष्ट आन्दोलन तथा दलित आन्दोलनमा रुपलाल जतिको अब्बल नेता कोही नभएको बताए । उनले विप्लवको नाम नलिइकन वर्तमान सरकार कम्युनिष्टको आवरणमा भएकाले यसले कसैलाई दमनभन्दा मिलाउन सक्नुपर्ने बताए ।

रुपलालकी धर्म पत्नि रोमा विश्वकर्माले कम्युनिष्टहरुले रुपलालको विचारलाई बाहिर आउन रोकेको तर आज उनको विचारमाथि बहस भएकोमा खुसि व्यक्त गरिन् ।

कार्यक्रमा प्राध्यापक सुरेन्द्र केसी, पत्रकार तथा राजनीतिक विश्लेशक पुरुषोत्तम दाहालले बाबुरामले सांम्यवादी विचारधारा बेकार रहेछ भने तर रुपलाल विश्वकर्माले मार्कसवादलाई परिमार्जीत गरेर समाज रुपान्तरणमा लाग्नु पर्ने सहि विषय उठाएको विचार व्यक्त गरे ।

‘नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा’पुस्तकका लेखक डा.राजेन्द्र रेग्मीले आफूले किताब लेखे पनि यो उहाँका साथीको पुस्तक भएको बताए । कार्यक्रमका अध्यक्ष तथा रुपलाल विश्वकर्मा प्रतिस्ठानका अध्यक्ष अमर विस्वकर्माले नेपालमा भइरहेको कम्युनिष्ट आन्दोलन पनि विश्वको हिस्सा भएकोले बताए । उनले यहाँका कम्युनिष्टहरु पनि त्यही उचाईबाट उठ्ने र जुट्ने प्रयास गर्नुपर्ने धारणा राखे ।