अत्याधिक गर्मीले धनगढीका विद्यालय बन्द

धनगढी । अत्याधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

एक साताका लागि बिदा दिने निर्णय नगरले गरेको हो । गर्मीका कारण विद्यालय आउन जान समस्या भएपछि विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । जेठ २० देखि २६ गते सम्म विद्यालय बन्द रहनेछन् ।

एक साताको यो विदा हिउदे वा बर्षे विदामा कटौती गर्ने गरि विद्यालय बन्द गरिएको उप–महानगरपालिकाले जनाएको छ।