‘सोच’ भदौ २० मा, फस्टलुक बजारमा

काठमाडौं । एक्शन लभस्टोरी फिल्म सोचको फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको फिल्म भदौ २० गते प्रदर्शन हुँदैछ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गरिएको पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा प्रज्वल, नीता, पुजनका साथमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको सोचमा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।