पहिलो गोदावरी राजधानी कप : सुदूरपश्चिम–११ क्वाटरफाईनलमा

धनगढी । कैलालीको अत्तरीयामा जारी गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन सुदूरपश्चिम– ११ विजयी भएको छ ।

तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भइरहेको प्रतियोगिताको तेस्रो दिनको खेलमा सुदूरपश्चिम–११ ले  मलकामना युवा क्लबलाई २–१ ले हराएको हो । सुदूरपश्चिमको जितमा सुरेन्द्र राना र राम सिहं रानाले एक एक गोल गरे ।

राम सिंह रानाले पहिलो हाफको ३७ औं र सुरेन्द्र रानाले दोश्रो हाफको ३९ औं मिनेटमा गोल गरे । मनकामनाका लागि कृजल खड्काले पहिलो हाफको ४ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा मनकामना पराजित भएको हो ।

सुदूरपश्चिम–११ ले क्वाटरफाईनलमा अव नेपालगंज–११ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार घोडाघोडी युवा क्लब सुख्खड र सुदूरपश्चिमाञ्चल फुटवल एकेडेमी पुर्नवास वेलौरी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।