डोटीमा स्मार्ट कार्डबाट सेनिटरी प्याड

डोटी । अब डोटीमा स्मार्ट कार्डबाट सेनिटरी प्याड सेवा उपलब्ध हुने भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिकाले माध्यामिक तहका दुई विद्यालयका छात्राका लागि कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाका अनुसार नगरपालिकाको वडा ६ मा रहेको पद्म पब्लीक मुक्तीनारायण माध्यमिक विद्यालयमा र नम्बर ३ मा रहेको दिल्पेश्वर माध्यमिक विद्यालयमा प्याड निकाल्ने मेसिन जडान गरिएको हो । नगरपालिकाका मेयर मञ्जु मलासीले मेसिन उद्घाटन गरेकी हुन् ।

आउँदो आर्थिक वर्षभित्र नगरपालिका भित्रका सबै माध्यामिक बिद्यालयमा सेनिटरी प्याड निकाल्ने मेसिन संचालनमा ल्याइने मेयर मलासीले बताइन् ।