मिष्टर एण्ड मिस एसईई ग्लयामका तियोगीले देखाए प्रतिभा

काठमाडौं । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगीले विभिन्न प्रतिभा देखाएका छन् । प्रतियोगीले ट्यालेन्ट उपाधिका लागि नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकलालगायत बिषयमा प्रतिभा देखाएका हुन् ।
मंगलबार आयोजित ट्यालेन्ट राउण्डमा शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, ‘मिसेस नेपाल टुरिजम २०१’ छिरिङ डोल्मा शेर्पा र दिवस धिताल मोडल अभिनेता लगायत निर्णायक रहेका थिए ।
प्रतियोगिताको ‘मिस एसईई ग्ल्याम’तर्फ सिमृति अमात्य, स्वस्तिका खड्का, कृपा ढकाल, अन्जाना रावल, स्मृति पौडेल, रचना श्रेष्ठ, शर्मिला कार्की, रेनि गुरुङ, ऐश्वर्या तान्डुकार, वर्षा बोहोरा, दिलाशा मगर, मेंखु शेपा, श्रृस्टी कला राई, सुष्मिता रानाभाट, शुभेक्ष्या वाग्ले नामका १५ र ‘मिस्टर एसईई ग्ल्याम’मा प्रतिक के.सी, साईमन तमाङ, शिल्भा भट्टराई, अनित राई, कमल श्रेष्ठ, सिमोन तामाङ नामका ५ प्रतियोगी छन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ ३० गते जमलस्थित राट्रिय नाचघरमा आयोजना हुदैछ ।