सदाबहार गायक शिशिर योगीको मार्मिक गीत बोल्ने कोई छैन

काठमाडौं । सदाबहार गायक शिशिर योगीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘बोल्ने कोई छैन, गाउँमा बोल्ने काई छैन, पाहुना आउँदा घरको ढोका खोल्ने कोई छैन’ भन्दै पछिल्लो समयको गाउँको मर्मलाई गीतमा समेटेका छन् ।

कवी अर्जुन पराजुलीको शब्दलाई शिशिर आफैले संगीत भरेर थप न्याए गरेका छन् । वी वी अनुरागीको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि सार्वजनिक भएको छ ।

प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रश्मि भट्ट र शिशिर फिर्चडसँग्ै शिशिर आफैले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा दुर्गम गाउँका दुरुह तस्बिर अटाइएका छन् । भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?time_continue=249&v=quTgwBx48Gg