रुदाँ पनि फाइदा हुन्छ

जो रुन्छ उनको मन र आँखा सुन्दर हुन्छ

० डा. ललितकुमार मिश्र

जसरी हाम्रो स्वास्थ्यको लागि दिनको एक–दुई पटक दिल खोलेर हास्ने गर्नाले फाईदा नै हुन्छ । त्यसै गरी कहिले काहीँ रुदाँ पनि मन हल्का हुनुका साथै स्वास्थ्यलाई पनि फाईदा गर्छ । मनोचिकित्सकको भनाइअनुसार कहिलेकाहीँ रनाले कुनै प्रकारको हानी हुँदैन । बरु रुनाले व्यक्ति तनावरहित एवं हल्का महशुस गर्छ ।

आखाँबाट झर्ने आँशु व्यक्तिको मर्म र भावनालाई अभिव्यक्त गर्ने सशक्त माध्यम हो । जब कसैले आघात पु¥याउँछ वा हामी दुःखी हन्छौँ, त्यस अवस्थामा हामी रुन्छौँ । आखाँबाट आँसु झर्न थाल्छ । आँखाबाट यसरी खसेको आँसुले तनावबाट मुक्त बनाउँछ । मनोवैज्ञानिकहरु भन्छन – ‘बिपत्ति, दुःख र अत्यधिक तनावको अवस्थामा यदि कुनै व्यक्तिको आँखाबाट आँसु आएन वा ऊ रोएन भने सम्झिनुपर्छ ऊ कुनै मानसिक वा शारिरिक समस्यामा छ । अस्वस्थ्य छ ।

यदि कुनै महिला बिपदको घडीमा पनि आँसु झार्दैन भने सम्झिनुस् ती महिला भित्रैबाट सुकेको पात जस्तै भइसकेकी छन् । आसुँको अभावका कारण आखाँको रोग, गठियाबात, घाँटीको रोग, स्वेतप्रद आदि हुनसक्छ । भक्कानो छोडेर वा सुँक, सुँक गरेर रुनु शरिर र मनका लागि स्वस्थ्यकर मानिन्छ ।

यस अवस्थामा व्यक्ति एउटा बालकको जस्तो शारीरिक एवं मानसिक तनावप्रति आफूलार्इ खुला र खुकुलो छोडिदिन्छ । र रुन सुरु गर्छ । जब मानसिक या शारीरिक दुःख, पीडासँग व्यक्तिको मुडभेट हुन्छ । त्यसको प्रतिक्रियास्वरुप हाम्रो शरिरको मान्सपेशी संकुचित हुन थाल्छ । जुन शरीरको रक्षातन्त्रको प्रकृया हो ।

जुनबेला हामी दुर्घटनाबाट गुज्रिरहेका हुन्छौँ त्यसबेला अत्याधिक पीडाले हामी आफूलाई संतुलन गर्न सक्दैनौँ । शरीरले आफ्नो क्षमताको कारण अत्यधिक कठिन परिस्थितिमा पनि संतुलनलाई गुमाउँदैन, जब कठिन परिस्थिति बितिसक्छ तब मान्सपेसीहरुमा जमा भएर रहेका तनाव आँसुको रुपमा निस्किन थाल्छन ।

एक स्वस्थ्य र संतुलित शरीरले दुःख, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँसुद्वारा ब्यक्त गर्ने बाटो बनाउँछ । सर्वेक्षण अनुसार महिला–पुरुषको तुलनामा कम तनावग्रस्त हुन्छन । उनीहरु भाबनालाई सजिलैसित आँसुको माध्यमले व्यक्त गर्छन । यसै कारण पुरुषको तुलनामा महिलामा हृदय रोग कम हुन्छ ।

कुनै–कुनै परिवारमा वंशानुगत एक किसिम रोग पाइन्छ, जसलाई फैमिलियल डिस्टोनिया भनिन्छ । यसमा बच्चा रुन्छ तर ऊसको आँखाबाट आँसु झर्दैन । आखाँ सुख्खा रहन्छ । यस्ता केटा–केटी क्रुर, झनक्क रिसाउने र आक्रामक प्रवृतिका हुन्छन । यस्ता बालबालिकाको पुर्णरुपले मानसिक बिकाश हुन पाउँदैन ।

आँसुले दुःख चिन्ता, तनाव, क्लेश तथा मानसिक तनावलाई सामना गर्न व्यक्तिलाई मद्दत गर्छ । मनोचिकित्सकको भनाइअनुसार रुनाले मानसिक तनावबाट मुक्ति मिल्नुका साथै उच्च रक्तचाप, फिस्टुला आदि रोगबाट छुटकारा पाउनमा सहायता मिल्छ । यसबाहेक तनावबाट उत्पन्न हुने मनोदेहिक रोग हुने संभावना हुदैन ।

रुने बेलामा आँखाबाट झरेको आँसुले आखाँमा रहेको विजातीय द्रव्यलार्इ बाहिर निकाल्ने काम गर्नुका साथै आँखालार्इ रसिलो पार्ने तथा संक्रमणबाट बचाउने काम गर्छ । मेडिकल युनिभर्सिटी अफ औहियो (जापान) का शोधकर्ताहरुले ‘आँसुबाट हुने फाइदा’ आफ्नो अध्य्यनमा पनि पाएको उल्लेख गरेका छन् । रिपोर्टमा भनेका छन – रोइसकेपछि अधिकतर मानिस आफूलार्इ हल्का र तरोताजा महशुस गर्दछन । शोधमा ८८.८ प्रतिशत मानिस रोएपछि हल्का महशुस गर्छन भने ८.४ प्रतिशत मानिस मात्र रुदाँ पनि दुखि नै हुन्छन ।

यदि तपाइ आफ्नो दुःखलाई भित्र लुकाएर राख्नुहुन्छ भने, कहिलेकाहीँ दिल खोलेर रुन बाट नचुक्नुस । किनकि रुनाले मन हल्का त हुन्छ नै यसको साथै स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ ।

० बढ्छ आँखाको ज्यातिः आखाँमा आँसु आउनाले आखाँको नानी र परेलीको रसिलोपन बढ्छ । वैज्ञानिकहरुले यस कुरालाई सिद्ध गरे कि रुनाले आखाँको सुन्दरता बढदछ । वैज्ञानिकको मत अनुसार आखाँको कर्नियाको परत कंजकटाईवालार्इ अश्रुग्रन्थीद्वारा निस्किने आँसुले ओसिलो बानाइदिन्छ । फलस्वरुप आँसुमा रहेका शरिरीय तत्वहरुद्वारा सुन्दरता खुलेर आउँछ । आखाँबाट आँसु निस्किने बेला हारडेरियन ग्रन्थिबाट एक प्रकारको तैलिय पदार्थ निस्किन्छ, जसको सहायताले कोर्निया नम र गहिरो हुनजान्छ । महिलाहरुमा पुरुषहरुको अपेक्षा बढी आँसुको उत्पादन हुन्छ । यहि कारण महिलाको आँखा बढि सुन्दर हुन्छ ।

mishradr.lk@gmail.com