धनगढीमा हावाहुरी र पानी, धनजनको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौं । धनगढीमा अबेर साँझ विनासकारी हुरिवतास चलेको छ । हुरीबतासले धनजनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । हुरीबतासले उपमहानगरालिका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । करिब आधा दर्जन मान्छे घाइते हुनुका साथै एकजनाको ज्यान गएको बताइएको छ ।

दर्जनौ घरमा क्षति पुगेको बताइएको छ । हुरीबतासका कारण बिजुली, नेट र फोन सेवा अवरुद्ध भएको बताइएको छ । क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।

धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्रले अत्याधिक हावाहुरीबारे स्ट्याटस लेख्दै ‘धनगढीमा ठूलो हावाहुरी र पानी, धेरै परिवार र यात्री अप्ठेरोमा परेहोलान्’ भनेकी छन् ।