सुदूरपश्चिममा आएको भिषण हावाहुरीमा परी दुईको मृत्यु, एक सय घाइते

धनगढी । कैलालीमा बिहीबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुई जनाको मृत्यु भएको हो।

हावाहुरीका कारण अहिलेसम्म ७७ जना घाइते भएका छन्। गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताए।

मृत्यु हुनेमा गोदावरी नगरपालिका– ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका– २ का लहानु डगौरा रहेका छन्। चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

क्षतिको थप विवरण संकलन भइरहेको एसपी गिरीले बताए। अहिले हावाहुरी रोकिएको छ। हावाहुरीले विद्युतका पोल ढालेकाले थुप्रै स्थानको विद्युत अवरुद्ध छ।

उता कञ्चनपुरमा पनि कंचनपुरमा २३ घाइते भएको खवर छ।