इंल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड फाईनलमा

एजेन्सी-नेदरल्यान्ड इंल्यानडलाई पराजित गर्दै नेसन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनलको खेलमा नेदरल्ल्यान्डले इंल्यान्डलाई ३-१ गोले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

नेदरल्यान्डको जितका लागि म्याथिज डि लिट र क्विन्स प्रोमिसले एक एक गोल गर्दै एक गोल आत्मघमती उपहार पाएको थियो । यता इंग्ल्यन्डका लागि मार्कोस रासफोर्डले एक गोल गरे । खेलमा सुरुवाती अग्रता लिएको इंग्ल्यान्डले अग्रता जोगाउन नसक्दा निर्धा्रित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा नेदरल्याण्डले बाजी मार्यो ।

खेलको ३२ औं मिनेटमा मार्कोस रासफोर्डको गोलबाट इंग्ल्यान्डलाई अग्रताता दिलाए । पहिलो हाफमा १-० ले पछि परेको नेदरल्यान्डका लागि म्याथिज डि लिटले ७३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यस्तै अथिरिक्त समयको ७ औं मिनेटमा वाल्करले आत्मघाति गोल गरेपछि नेदरल्यान्ड खेलमा २-१ ले अगाढी बढ्यो । त्यसपछि २१ औं मिनेटमा प्रोमिसले गोल गर्दै नेदरल्याण्डलाई ३-१ को जित दिलाए । अब उपाधिका लागि नेदरल्यान्डले पोर्चुगलको सामना गर्ने छ ।