नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी अन्तर्गतको खेलमा नेपालद्वारा म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । मलेसियास्थित किनरारा एकेडेमि मैदान क्वालालम्पुरमा भएको खेलमा म्यानमारलाई नेपालले ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले बलिङ गरेको नेपाली टोलीले म्यानमारलाई १० ओभरमा अल आउट गर्दै २९ रनको स्कोरमा समेटेको थियो । नेपालका लागि सन्दिप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए ।

म्यानमारका कप्तान लिन अङगले १६ रन जोड्नु वाहेक अन्य खेलाडीहरुले दोहोरो अंक बनाउन सकेनन् ।

३० रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रीएको नेपालले ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेको थिएन । नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले आफ्नो खाता खोल्न सकेनन् ।

नेपालका लागि अनिलकुमार शाह ११ रनमा आउट भने करण केसीले अविजीत १४ रनको योगदान गरे ।