फारवेष्ट पशुपति च्याम्पियन

धनगढी । कैलालीको अत्तरियामा भएको प्रथम गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि धनगढीको फारवेष्ट पशुपति युवा क्लबले जितेको छ ।

पिएफए स्पोर्टस क्लबको आयोजनामा तेघरीस्थित वनदेवी युवा क्लबको मैदानमा भएको प्रतियोगिताको फाईनलमा नेपालगंज–११ लाई ३–१ ले स्तब्ध पार्दै फारवेष्ट पशुपति च्याम्पीयन बनेको हो ।

पहिलो हाफको १५ औं मिनेटमा फारवेष्ट पशुपतिले खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अगाडी रहेको फारवेष्टले दोस्रो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो ।

नेपालगंज–११ ले भने दोस्रो हाफको २८ औं मिनेटमा गोल गर्दै २–१ को अवस्थामा खेललाई पु¥यायो । दोस्रो हाफको ४५ औं मिनेटमा फारवेष्टका लागि विक्रम सिंहले व्यक्तीगत दोस्रो गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे । उनले फाईनल खेलको म्यान अफ द म्याच हुदंै नगद तीन हजार पाए । फारवेष्टको जितमा गोलरक्षक सुजित जिसी नायक रहे ।

प्रथम गोदावरी राजधानी कप फुटबल प्रतियोगिताको विजेता भएसँगै फारवेष्ट पशुपति नगद चार लाख प्राप्त गरेको छ । उपविजेता नेपालगंज–११ ले दुई लाखमा चित्त वुझाएको छ । प्रतियोगिताका सवै विधामा फारवेष्ट पशुपतिले नै कब्जा जमाएको छ ।

उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षक सुजित विसी भए । उनले उत्कृष्ट खेलाडी भए वापत नगद २५ हजार र उत्कृष्ट गोलरक्षक भए वापत नगद १५ हजार पाए । फारवेष्टकै प्रविन सुनार उत्कृष्ट रक्षक किरण वोहोरा उत्कष्ट मिडफिल्डर र विक्रम सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडी भने पिएफए स्पोर्टस क्लबका जनक देउवा भए । उनले पनि नगद १५ हजार पाए ।

पिएफए स्पोर्टस क्लबले आयोजना गरेको प्रथम गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको फारवेष्ट पशुपति कपले धनगढीमा फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

गत पुसमा आयोजना भएको फारवेष्ट पशुपति कपको उपाधि पिएफए स्पोर्टस क्लबले जितेको थियो ।