एकदिवसीयमा छिटो ११ हजार रन बनाउने खेलाडी बने बिराट

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमानी बनाएका छन् । कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो ११ हजार रन पुरा गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।

कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा आफ्नो ११ हजार रनको आँकडा पुरा गरेका हुन् । यस अघि कोहलीलाई आफ्नो ११ हजार रनको आँकडा पुरा गर्न ५७ रनको आव्यस्यकता थियो ।

उन उक्त रन जोड्दै ११ हजार रनको आँकडा पुरा गरेका छन् । उनले पूर्व भारती क्रिकेटर सचिन तेन्दुलकरलाई पछि पार्दै सबै भन्दा छिटो ११ रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् ।

सचिन परे पछि

विराटले २३० एकदिवसीय खेल मध्यबाट २२२ पारी खेल्दै एकदिवसीय क्रिकेटमा ११ हजार रनको आँकडा पुरा गरेका हुन् । यसअघि सबै भन्दा छिटो सचिनले २७६ पारीमा ११ हजार रनको आँकडा पुरा गरेका थिए ।

यस लिस्टमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ तेस्रो स्थानमा छन् । उनले २८६ पारीमा यो आँकडा पुरा गरेका छन् । त्यस्तै भारतका सौरभ गांगोलीले २८८ पारी खेल्दै ११ हजार रनको आँकडा पुरा गर्दै चौथो स्थानमा छन् ।