कवि र कविता ६९ औँ श्रृंखलामा भवनहरि र पुरषोत्तम

काठमाडौं । हामी कवि र कविताको ६९ औँ श्रृंखलामा कवि भुवनहरि सिग्देल र पुरुषोत्तम आचार्य झुल्कीए । सर्वनामको प्रेक्षालयमा छन्छ कविको पहिचान बनाएका दुबै कविले करिब एक एक दर्जन कविता सुनाए ।

कार्याक्रममको पहिलो चरणमा कविभुवनहरि सिग्देलले श्रीमान् लिङ्ग परिवर्तन गरौँ, यी फुलेका जवानी, सहरिया, आज निरोको भाषण छलगायत कविता वाचन गरे । सिग्देलले बुढेकालको अनुभुति, नेता र नेतृत्वको कटाक्षदेखि बोका बिम्बको ब्यंग्यात्मक कविता समेत सुनाए ।

दोस्रो चरणमा पुरुषोत्तम आचार्यले रातो मुकुण्डो, योगमायाको प्रश्न मिस नेपाललाई, काठमाडौंलाई प्रश्नगरि करिब एक दर्जन कविता सुनाए ।

सिग्देलले विभेदकारी ढंगमा उभिएको राजधानीलाई बिम्बात्म ढंगबाट समावेशी हुन अपिल गरे । उनले योगमाया र मिस नेपालको तुलना देखि मान्छेकाप्रकार प्रकृतिसम्म कटाक्ष गरे ।

हरेक महिनाको सुरुवात केहि राम्रा कविता सुनेर गरौँ भन्ने नाराका साथ सुरु भएको हामी कवि र कविता हरेक महिनाको १ गते सर्वनाम थिएटरमा संचालन हुँदै आएको छ. ।