गाउँपालिका उपाध्यक्ष सवार यात्रुवाहक जीप कर्णालीमा खस्यो

हुम्ला  । हुम्लाको खर्पुनाथ गाउँपालिकाबाट याङचुङ तर्फ जाँदै गरेको लु१ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको छ। जीपमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित यात्रु सवार रहेका थिए।

कैलाशबालु भन्ने स्थानमा जीप सडकबाट ४५ मिटर तल कर्णाली नदीमा खसेको हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।

उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुगे पनि जीप फेला नपरेको सिंहले जानकारी दिए। जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले बताएको छ।

प्रहरीले खोजी कार्य जारी राखेको छ। घटनाकाे बितृत विरण आउन बाँकी छ ।