युवा नेता महर एक महिने राजनीतिक युरोप भ्रमणमा

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महर एक महिना लामो युरोप भ्रमणमा गएका छन्। नेता महर विश्वका सबै जनसम्पर्क समितिको डेनमार्कको कपनहेगनमा सम्पन्न हुने तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन तेसतर्फ प्रस्थान गरेका हुन्।

सोही शिलशिलमा उनी युरोपका देशहरु जर्मनी, डेनमार्क, फिनल्याण्ड, वेल्जीयम, फ्रन्स, इटली, ग्रीस, पोर्चुगल, लगजेम्बर, हङकङ लगायतका देशको भ्रमण गर्ने छन्। नेता महरको भ्रमणका क्रममा ती देशमा रहेका नेपाली जनसम्पर्क समितिहरू र डायस्पोरा नेपाली कम्युनिटीसँग नेपालको प्रजातान्त्रिक विकासमा कम्युनिस्ट प्रभावका बारेमा छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

उनी युरोप क्षेत्रका देशहरुलाई नेपालको विकास र हाल कम्युनिस्ट सरकारले प्रजातान्त्रीक प्रणालीमाथी पार्न थालेको प्रभावका बारेमा जानकारी गराउने र कांग्रेसले गर्दै आएको भूमिकामा समर्थन जुटाउने कार्य संलग्न रहने छन्।

उनी भ्रमणका शिलशिलमा नेपालको पुरानो दौत्य सम्बन्ध रहेको बेलायमा ब्रिटीश–नेपाल चेम्बर अफ कमर्सको निम्तोमा विशेष कार्यक्रममा भाग लिने छन्। यस्तै युके र डायस्पोरा नेपाली कम्युनिटीका विभिन्न कार्यक्रममा भाग लिने छन्।

स्रोतका अनुसार नेता महरको विभिन्न देशका सम्पर्क समितिसँग सम्बन्ध राम्रो रहेका कारण उनलाई पार्टीले त्यहाँ रहेका विवाद समाधानको जिम्मेवारी पनि दिँएको छ।