किराना व्यवसायीलाई मेगा बैंकको आकर्षक अफर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ ।

बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीका लागि आकर्षक अफर ल्याएको हो ।

यो योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् ।

यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको जनाएको छ ।

यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ । योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर सम्पर्क गर्न मेगा बैंकले अनुरोध गरेको छ ।