कलाकार र पत्रकार सम्मानित हुँदै

काठमाडौं । योङ माइन्डस् इन्टरटेनमेन्टले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्दलाई प्रदान गरिने भएको छ ।

इन्टरटेनमेन्टले असार ८ गते आयोजना गर्न लागेको दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’मा चन्दलाई यो सम्मान दिन लागिएको हो । थुपै चलचित्रमा अभिनय गरेका ७८ बर्षीय चन्द स्वस्थ्य उपचारको लागि हाल अल्का अस्पतालमा भर्ना भएका छन् ।

राष्ट्रिय गानका सर्जका ब्याकुल माइलालाई ‘राष्ट्रिय गायन’ सम्मान दिइने कार्यक्रममा रंग पत्रकार लक्ष्मण सुवेदी, शान्ती प्रिय र कृष्ण भट्टराई सम्मानित हुँदैछन् ।

नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठालाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना हुन लागेको अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका बिभिन्न बिधा गरेर कुल ५० बिधा समेटिएको छ ।

राष्ट्रिय नाचघरमा बितरण गरिने अवार्ड नेपाली गीत संगीतको महाउत्सव भएको आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल शिशिर कोइरालाले बताए ।