दुर्घटनामा २० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ३०९९ नम्बरको बस आपसमा ठोक्किएका हुन्। घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।