मुकुन्दका तीन मुक्तक

0 मुकुन्द कृष्ण थापा

0

अदालतको फैसला मान्न छोडेर

हरे राम लेखेको पहेँलो बस्त्र ओडेर !

मठ-मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,

रक्षा गर भगवान भन्दै दुई हात जोडेर ! !

00

देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि

सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि !

देश कसरी बन्छ र खै, गर्छु भन्ने मरेर गए

गर्न नदिने र नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि  ! !

000

सुन गुमाएर नुन पाउनुको के अर्थ  ?

राष्ट्रियताको गीत गाउनुको के अर्थ ?

देशको तालाचाबी पराइलाई सुम्पिएर

दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ?

(थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् ।)