प्रहरी महानिरीक्षक असक्षम भएको भन्दै सत्तारुढ दलकै भातृ संगठनद्वारा बर्खास्तिको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल शान्ति सुरक्षा कायम गर्न असक्षम रहेको भन्दै बर्खास्ति माग गरेका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को टोलिले बिहीकार गृहमन्त्री रामबहादुर थापालाई भेटी आइजिपी खनालको बर्खास्ति माग गरेका हुन् ।

जनताको जिउधनको सुरक्षामा प्रहरी चुकिरहेको र सिंगो संरचनालाई प्रभावकारी बनाउन नसकेको आरोप लगाउँदै सांसद तथा अनेराश्ववियुकी अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ सहितको टोलीले गृहमन्त्री थापालाई ज्ञपनपत्र तत्काल बर्खास्त गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न भएका सबैलाई तत्काल कारवाहीको दायरामा ल्याउन र छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरिएको छ।

उता मन्त्री थापाले पन्तको हत्यारा अझैँ पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेको बताउँदै चाडो भन्दा चाडो दोषिलाई कानुनको दायरामा ल्याइने बताए ।