गैरकानूनी कार्यमा संलग्न भएको भन्दै प्राधिकरणले हटायो १९ जना ईन्जिनियर

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई जागिरबाट हटाएको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकलाई विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएको भन्दै प्राधिकरणले कारबाही गरेको हो ।

भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

कारबाहीमा परेका प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको प्राधिकरले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिगंमा कार्यरत २ जना छन् । भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना कारबाहीमा परेका छन् ।

कारवाहीमा पर्नेहरु
बसन्त घिमिरे – ईन्जिनियर– नुवाकोट
शेष नारायण भण्डारी– ईन्जिनियर– नुवाकोट
ध्रुवराज खरेल– ईन्जिनियर– नुवाकोट
रामजी श्रेष्ठ– ईन्जिनियर– नुवाकोट
रिजन अगन्जा– ईन्जिनियर–नुवाकोट
शेखर झा– ईन्जिनियर– नुवाकोट
राधाकान्त प्रसाद शाह– ईन्जिनियर– नुवाकोट
सविन पुडासैनी– ईन्जिनियर– सिन्धुपाल्चोक
सागर घिसिङग–ईन्जिनियर– दोलखा
सुरेश शाह– ईन्जिनियर– दोलखा
सुरेन्द्र कुमार मण्डल (हस्ताक्षर किर्ते गरेको)– ईन्जिनियर– भोजपुर
आशुतोष जोशी– ईन्जिनियर– सोलुखुम्बु
नवराज शर्मा चापागाई– सब ईन्जिनियर– नुवाकोट
नरदिप बहादुर शाही– सब ईन्जिनियर– धादिङग
विरेन्द्र रोकाय– सब ईन्जिनियर– सिन्धुपालचोक
मुक्ती प्रसाद पन्त– सब ईन्जिनियर– काभ्रेपलान्चोक
दिपेन्द्र कुमार मण्डल– सब ईन्जिनियर– काभ्रेपलान्चोक
भिम बहादुर भट्ट– अ. सब ईन्जिनियर– काभ्रेपलान्चोक
दुर्गानन्द राम– अ. सब ईन्जिनियर– धादिङग