खसी, बोका र च्यांग्रामा कर नलगाउन स्थानीय तहलाई सामान्यको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई खसी, बोका र च्यांग्रामा कर नलगाउन निर्देशन दिएको छ । सामान्यले ७ सय ५३ वटै स्थानीय तहलाई दसैं नजिकिदै जादाँ विभिन्न जिल्लाबाट व्यवसायीले खरिद बिक्री गर्दै काठमाडौं तथा अन्य शहरमा लैजाने क्रममा कर नलगाउन निर्देशन दिएको हो ।

स्थानीय सरकारले कर संकलन गरिरहेको भन्ने सूचना प्राप्त भएको बताउँदै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

मन्त्रालयको सचिवस्तरबाट असोज १४ मा निर्णय अनुसार मन्त्रालयले आज ९बिहीबार०बाट सबै स्थानीय तहलाई कर संकलन नगर्ने भन्दै परिपत्र गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ मा ‘जीवजन्तु र चौपायाको व्यापार व्यवसाय गर्ने व्यवसायीबाट व्यवसाय कर वा हाटबजारमा खरिद–बिक्री भएको अवस्थामा बाहेक अन्य कुनै किसिमको कर, शुल्क आदि उठाउन नमिल्ने’ व्यवस्था छ ।