नेपाल आइडलका गोल्डन माइक विजेताको पहिलो गीत

काठमाडौं । नेपाल आइडलका प्रतिस्पर्धी तथा गोल्डन माइक विजेता सुमित पाठकले पहिलो गीत बजारमा ल्याएका छन् । पहिलो गीतका रुपमा उनले ‘समाचार’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द र संगीत काली प्रसाद बास्कोटाको रहेको छ । गीतको म्युजिक भिडियो बिहीबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा शिक्षा सङ्ग्रौला र सुमितले अभिनय गरेका छन् । लोकेश बज्राचार्यले निर्देशन गरेको भिडियोका लागि असीम शाह क्रिएटिभ डाइरेक्टर रहेका छन् ।