दसैंमा प्रशन्नाको सांगीतक कोशेली

काठमाडौं/दसैंको पूर्व संध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्सक÷स्रोताको मनमा बस्न सफल छन् । हालै नेश्नल क्यापिटल अवार्डबाट सम्मानितसमेत भएकी उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।

गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् ।

भिडियोको निर्देशन युवा नेर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन् ।